देश/प्रदेश
जोखिमयुक्त क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुन सक्छ : सडक विभागका महानिर्देशक
०

काठमाडौं,कात्तिक २० –
सडक विभागका महानिर्देशक डा.विजय जैसीले बाढीपहिरोको उच्च जोखिम रहेका क्षेत्रमा जथाभावी बेलिब्रिज राख्नु घातक हुनसक्ने चेतावनी दिनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपद्’ सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले बेलिब्रिज निर्माण र व्यवस्थापनका प्राविधिक कठिनाइबारे जानकारी गराउनुभएको हो । महानिर्देशक जैसीकाअनुसार बेलिब्रिज निर्माण गर्दा आवश्यक पर्ने बलियो फाउण्डेसन र त्यसको सुरक्षाका लागि उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने हुन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























