प्रवास

लखनउमा कम्पाउण्डको पर्खाल निर्माणसम्बन्धी विवादमा गोली चल्दा तीन जनाको मृत्यु

०
Banner

लखनउ, कात्तिक ९ –

भारतको उत्तर प्रदेशस्थित लखनउमा बाउन्ड्री वाल निर्माणसम्बन्धी विवादमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहान लखनउको नौबस्तास्थित सआदतगन्ज क्षेत्रमा बरगदको रुखनजिक बाउन्ड्री वाल निर्माण र गाडी पार्किङको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो। विवाद चर्किएपछि ऋषभ शुक्लाले पेस्तोलबाट गोली चलाएको प्रारम्भिक जानकारी छ।

मृत्यु हुनेमा शिवाजी तिवारी (६० वर्ष), उनका छोरा सुयश तिवारी (३०वर्ष) र भाइ शम्भु तिवारी (५५वर्ष) रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घटनापछि प्रहरीले आरोपी ऋषभलाई हतियारसहित नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार घाइतेहरूलाई अस्पताल लगिएको थियो, जहाँ तीन जनाको मृत्यु भएको हो।

प्रहरीले घटनामा प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ। उक्त हतियार वैध हो वा अवैध भन्नेबारे अनुसन्धान भइरहेको छ। विवाद बाउन्ड्री वाल निर्माणका कारण सुरु भएको हो वा गाडी पार्किङको विषयले उग्र रूप लिएको हो भन्नेबारे पनि प्रहरीले थप अनुसन्धान गरिरहेको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>