खेलकुद
पाकिस्तानका हुसेन तलातले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
०

काठमाडौँ, कात्तिक ५–
पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलातले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली ‘याक्स’बाट खेल्ने भएका छन् । कर्णालीले ३० वर्षीय तलातलाई आज विदेशी खेलाडीका रूपमा टोलीमा भित्र्याएको हो ।
“पाकिस्तानका अलराउन्डर हुसेन तलात अब आधिकारिक रूपमा कर्णाली याक्सका सदस्य बनेका छन्,” कर्णालीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।
हुसेनले पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तरराष्ट्रिय र टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेलिसकेका छन् । उनले १२ एकदिवसीय खेलमा २२४ रन तथा २३ टी–२० अन्तरराष्ट्रिय खेलमा ४४१ रन जोडेका छन् । टी–२० अन्तरराष्ट्रियमा उनको नाममा सात विकेट पनि छ ।
घरेलु तथा विभिन्न ‘फ्रेन्चाइज’ प्रतियोगितामा नियमित खेल्दै आएका तलातसँग टी–२० क्रिकेटमा राम्रो अनुभव छ । अलराउन्डर तलातले अहिलेसम्म २०४ खेलबाट तीन हजार ९५० रन बनाएका छन् ।
हुसेनले पाकिस्तान सुपर लिग (पिएसएल), बङ्लादेश प्रिमियर लिग (बिपिएल) लगायत प्रतिष्ठित व्यावसायिक लिग खेलिसकेका छन् । अब उनी नेपाल प्रिमियर लिग (एनपिएल) मा पनि जोडिँदै छन् ।
एनपिएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


















