खेलकुद
लिग २ क्रिकेटको अन्तिम खेलमा ओमानसँग भिड्दै नेपाल
०

काठमाडौं,कात्तिक २-
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग भिड्दैछ।
अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा बिहान सवा ११ बजेदेखि हुने खेलमा शीर्ष ६ मा अटाउन नेपाललाई जित्नैपर्ने दबाब छ।
नेपालले यसअघि क्यानडा र ओमानलाई हराएको थियो भने शनिबार क्यानडासँग पराजित भएपछि सातौं स्थानमा झरेको थियो।
लिग २ को शीर्ष ६ मा पर्ने टोलीहरूको ओडीआई मान्यता जोगिने उच्च सम्भावना भएकाले शीर्ष ६ मा अटाउने कुरालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























