देश/प्रदेश

महाअष्टमीः जनकपुरको राजदेवी मन्दिरमा लाखौँ श्रद्धालुको घुइँचो

०
Banner

काठमाडौं, कार्तिक १ –

विजयदशमीको आठौँ दिन अर्थात महाअष्टमीका अवसरमा जनकपुरधामस्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको राजदेवी मन्दिरमा दर्शनार्थीको जनसागर ओइरिएको छ ।

राजा जनककी कुलदेवीका रूपमा पुजिने राजदेवी माताको दर्शन र प्रसाद चढाउन नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरू यहाँ जम्मा भएका छन् । महाअष्टमीको अवसरमा माता राजदेवीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । यसै विश्वासका साथ शनिवार राति १२ बजेदेखि नै मन्दिर परिसरमा भक्तजनहरूको लाम शुरु भएको थियो । मन्दिर व्यवस्थापन समितिकाअनुसार बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लाग्ने क्रम जारी छ ।न्यूज एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>