तनहुँ

बूढीगण्डकी नदीमा आएको बाढीले तनहुँ प्रभावित हुनसक्ने, सचेतना अपनाइयो

०
Banner

काठमाडौं, असोज २५ –

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढी तनहुँतर्फ आउने भन्दै जिल्ला प्रशासन कार्यालय तनहुँले सतर्कता बढाएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणलाई पूर्वसूचना दिइएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।

प्रजिअ तिवारीका अनुसार बिहानैदेखि जिल्लाको सुरक्षा संयन्त्र परिचालन गरी सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी गरिएको छ । स्थानीय बासिन्दालाई सचेत गराउन प्रहरीले माइकिङ गरिरहेको र जनप्रतिनिधिमार्फत समेत सूचना प्रवाह गरिएको उनले बताए ।

उनले भने, ‘सम्पूर्ण किसिमको तयारी गरेका छौं । बिहानदेखि सम्पूर्ण सुरक्षा संयन्त्र, जनसमुदाय, जनप्रतिनिधि सबैलाई खबर गरेका छौं । प्रहरीले माइकिङ गरिराख्या छ । त्यही अनुसारको तयारी भइराखेको छ । अहिलेसम्म तनहुँलाई छोइसकेको छैन र जोखिम बढ्दो छ ।’

उनका अनुसार बाढीले तनहुँलाई अहिलेसम्म छोइसकेको छैन। तर माथिल्लो क्षेत्रबाट बाढी आइरहेकाले केही समयपछि जिल्लामा प्रभाव पर्न सक्ने आंकलन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी तिवारीले आँबुखैरेनी गाउँपालिकाका वडा नम्बर ४ र ५ तथा देवघाट गाउँपालिकाका वडा नम्बर ४ र ५ लाई सम्भावित जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको बताए ।

ती क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र सतर्क रहन सूचना प्रवाह गरिसकेको उनले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>