Breaking News

दक्षिण अफ्रिकी मानवअधिकारकर्मी नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

०
Banner

काठमाडौं, असोज २३ –

सन् २०२६ को नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानुन र शान्ति प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै नवी पिल्लेलाई प्रदान गरिएको छ।

अन्तर्राष्ट्रिय कानुनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो।

दक्षिण अफ्रिकी मूलकी पिल्ले मानवअधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्व हुन्। उनी संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी उच्चस्तरीय जिम्मेवारीमा रहेर काम गरिसकेकी छन्। उनले अन्तर्राष्ट्रिय फौजदारी न्याय र मानवअधिकार संरक्षणका क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन्।

पिल्लेले अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन, मानवअधिकारको संरक्षण तथा द्वन्द्वका क्रममा भएका गम्भीर अपराधमा दोषीलाई जवाफदेही बनाउने प्रयासमा योगदान पुर्‍याएकी छन्।

नोबेल शान्ति पुरस्कार विश्वभर शान्ति स्थापना, अन्तर्राष्ट्रिय सहकार्य र मानवअधिकारको संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>