चितवन विशेष

चितवनमा कृषि वैज्ञानिक सहित प्राविधिकबीच समन्वय गोष्ठि सञ्चालन

०
Banner

चितवन, असोज १५–

चितवनमा कृषि वैज्ञानिक सहित प्राविधिकबीच समन्वय गोष्ठि सञ्चालन गरिएको छ । कृषि विकास कार्यालय चितवनले कृषि बालीमा लाग्ने रोगको पहिचान र समाधान गर्ने उद्देश्यले शुक्रबार(आज) गोष्ठिको आयोजना गरेको हो ।

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कृषि अधिकृत, नार्कमा कार्यरत कृषि वैज्ञानिक र अध्ययन संस्थानमा कार्यरत प्राध्यापकहरुबीको सहभागितामा गोष्ठिको आयोजना गरिएको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा चितवनका सात वटा पालिकाका कृषि शाखाका प्रमुख तथा प्रतिनिधिले आफ्नो पालिकाबाट भएका कामका साथै संक्षिप्त प्रगती, नविन कार्य र फिल्डस्तरमा देखा परेका समस्या र चुनौतीका विषयमा प्रस्तुतीकरण दिएका थिए । उनीहरुले अहिले चितवनमा धान बालीमा देखिएको समस्या र बिषादी प्रयोगका बारेमा आफ्नो धारणा राखेका थिए । साथै संघ, प्रदेश र पालिकाबाट हुने कार्यक्रमहरुमा दोहोरोपना हटाउन समन्वयात्मक भूमिका खेल्नुपर्ने उनीहरुको भनाई थियो ।

यस्तै राष्ट्रिय मकैबाली अनुसन्धान केन्द्रकी बैज्ञानिक डाक्टर सरस्वती न्यौपानेले बर्षे धानबालीमा देखा परेका विभिन्न किसिमका रोग तथा किराहरुको प्रकोप, सुक्ष्म खाद्यतत्वको कमी, खाद्यतत्वको अधिक न्यून प्रयोग लगायतका समस्याहरुको पहिचान एवं एकीकृत व्यवस्थापन विधि र बैज्ञानिक शुक्रबहादुर गुरुङले नार्कबाट विकसित भएका नविनतम कृषि प्रविधि तथा नयाँ जातहरु सम्बन्धी प्रविधि हस्तान्तरण तथा वरिष्ठ बाली संरक्षण अधिकृत देवराज अधिकारीले लहरे तथा बालीमा किराको व्यवस्थापन विधिका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कृषि अर्थ विज्ञ निर्मल पौडेलले सहजिकरण गर्नुभएको कार्यक्रममा बालि संरक्षण अधिकृत गीता केसीले चितवनमा धान रोगमा देखिएका समस्याका विषयमा आफ्नो प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रम कार्यालय प्रमुख झलकनाथ कंडेलको अध्यक्षतामा सञ्चालन भएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>