देश/प्रदेश

आज मिति २०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

०
Banner

चितवन, असोज १६ –

वि.सं.२०८३ साल असोज १६ गते शुक्रबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

चिन्ता छाडेर चिन्तन गर्ने समय छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । इच्छा र आकांक्षाले पूर्णता पाउने छ । आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन रहेको छ । अध्ययन–अध्यापनमा पनि राम्रो पक्ष हुनेछ ।

वृषः

आज व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ । तपाईको नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन रहेको छ ।

मिथुनः

आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्न समेत सक्नुपर्नेछ । हल्लाको भर पर्दा दुःख पाईनेछ । आर्थिक लेनदेनमा ख्याल राख्नु पर्ने समय छ । मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ । बेलुकी पख शुभ समाचार मिल्नेछ ।

कर्कटः

आज तपाई केवल प्रयास गर्नुहोस्, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित हुनेछ । धनसम्पत्तीको लाभ हुनेछ । व्यवसायिक लगानि बढ्नेछ । बेलुकीपख भने वादविवादको सम्भावना रहेको छ ।

सिंहः

नचिताएको ठाउँबाट आम्दानी हुने दिन छ । न्यायिक क्षेत्रमा सफल भईनेछ । शेयर बजारको लगानीबाट राम्रै प्रतिफल मिल्नेछ । वैदेशिक क्षेत्रबाट लाभ हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा राम्रो पक्ष हुनेछ । प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

कन्याः

आज अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग रहको छ । विद्या बुद्धिको विकास हुनेछ । नोकरीमा प्रशंसनीय कार्य गरिएला । धार्मिक, सामाजिक र राजनीतिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । व्यापार व्यावसायमा वृद्धि हुनेछ ।

तुलाः

कार्यक्षेत्रमा केहि चुनौति देखा पर्नसक्नेछ । अनावश्यक रुपमा मनमा डरको भाव जागृत हुन सक्नेछ । कृषिकार्यबाट फाइदा लिन सकिने छ । आजको श्रमले पछिको लािग राम्रो फल मिल्नेछ । बेलुकी पखको शुभ समाचारले मन फुरुङ्ग हुनेछ ।

बृश्चिकः

आज लामो समयदेखि रोकिएका काम पूरा हुनेछन् । मनमा उमङ्ग छाउनेछ । विपरित वर्गप्रति आकर्षण बढ्नेछ । व्यापार व्यावसायमा राम्रै लाभ हुनेछ । सापटी दिएको रकम फिर्ता पाउने समय छ । बेलुकी पखको अशुभ समाचारले मन खिन्न हुनेछ ।

धनुः

आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तले पनि उत्साह जगाउनेछन् । मनमा नयाँ काम गर्ने विचार आउन सक्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि र व्यावसायिक कामबाट पनि प्रशस्त फाइदा हुनेछ ।

मकरः

आज प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । शिक्षा क्षेत्रको मिहिनेत र गहिरो अध्ययनले निर्णायक भूमिका निर्वाह गर्नेछ । सन्तान तथा पारिवारिक सुख मिल्नेछ ।

कुम्भः

आज घरभित्रका झिनामसिना काममा व्यस्त रहँदा समय बितेको पत्तो पाइँदैन । राज्यका तर्फबाट भय र त्रास बढ्नेछ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । कुरा काट्ने र खुट्टा तान्नेहरू सक्रिय हुनेछन् ।

मीनः

लामो समयदेखि देखिएको मानसिक तनाव कम हुनेछ । ब्यापार ब्यबसाय फस्टाउनेछ । जिम्मेबारीको भावना र कर्तव्यपालना देखेर सबैले तपाईंको प्रशंसा गर्नेछन् । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्न सक्नेछन् तर सहकार्यमा अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । वेलुकी पख खटपटको सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>