खेलकुद
चितवन राइनोजको ‘गैंडा कप’: पहिलो दिन चार रोमाञ्चक खेल

चितवन, असोज १५–
चितवन राइनोजको आयोजनामा सुरु भएको गैंडा कप २०२६ अन्तर्गत पहिलो दिन बुधबार चार प्रतिस्पर्धात्मक खेल सम्पन्न भएका छन् । उद्घाटनको दिन विभिन्न टोली तथा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका छन् ।
पहिलो खेलमा इस्टर्न क्रिकेट एकेडेमीले काठमाडौं क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गर्यो । एस्टर्नले १११ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको काठमाडौँले ९ विकेटको क्षतिमा ८२ रन मात्रै बनायो । इस्टर्नका रोशन झाले ३२ रन बनाउँदै प्लेयर अफ द म्याचको उपाधि हात पारे ।
दोस्रो खेलमा इस्टर्न क्रिकेट एकेडेमी ए (इसिए–ए) ले ग्रेट हिमालयन क्रिकेट एकेडेमी, साम्टिपनगर (जीएचसीए) लाई ९ रनले पराजित ग¥यो । इसिएले ७८/८ रन बनाएको थियो भने जीएचसीएले ६९/७ रनमै अलआउट भयो । जीएचसीएका निश्चल केसी १६ रन र ४ विकेटको उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि प्लेयर अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा भरतपुर क्रिकेट क्लबले सीइसी भक्तपुरलाई ६ विकेटले पराजित गर्यो । भक्तपुर ९.२ ओभरमा ४१ रनमा अलआउट भएको थियो । भरतपुरले ५.३ ओभरमा ४२/४ रन बनाउँदै लक्ष्य पूरा गर्यो । भरतपुरका ओमकार पन्त २ ओभरमा ३ विकेट लिएपछि प्लेयर अफ द म्याच घोषित भए ।
दिनको अन्तिम खेलमा चितवन ट्रेनिङ सेन्टर (सीटीसी) ले सिइसी बालुवाटार माथि ८ विकेटको जित दर्ता गर्यो । सीइसी बालुवाटारले १० ओभरमा ७६/८ रन बनाएको थियो । जवाफी ब्याटिङमा सीटीसीले ८ ओभरमै ८०/२ रन बनाउँदै लक्ष्य पूरा ग¥यो। सीटीसीका अभय यादव २ ओभरमा ७ रन खर्चेर ३ विकेट लिँदै प्लेयर अफ द म्याच बने ।
पहिलो दिनका चार खेल सम्पन्न भएसँगै गैंडा कप २०२६ को दोस्रो दिन आज थप चार खेल हुँदैछन् ।

























