देश/प्रदेश

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

०
Banner

बझाङ, असोज १५ –

बझाङको सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको बोलेरो जिप आज बिहान करिब १० बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा जिप चालक सुर्मा गाउँपालिका–४ का करिब २७ वर्षीय कुन्दन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित तीन जना सवार थिए । दुर्घटनामा घाइते भएका दुई जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।

दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>