चितवन विशेष
२१ वर्षीय उमंग लोहनी चितवन क्षेत्र नं.३ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

चितवन, असोज १४–
चितवनका २१ वर्षीय युवा उमंग लोहनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ बाट २१ वर्षीय लोहनी सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । युवा पुरुष (३५ वर्षमुनि) क्लस्टरतर्फ भएको प्रतिस्पर्धामा लोहनी सर्वाधिक ३६७ मत प्राप्त गर्दै प्रतिनिधि चुनिएका हुन्।
उक्त पदका लागि चुनावी प्रतिस्पर्धामा ११ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । कानुनका विद्यार्थीसमेत रहेका उमंग विगत केही वर्षदेखि कानुन तथा नीति निर्माणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्।
हाल उनी कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सबैभन्दा कान्छा सदस्यका रूपमा कार्यरत छन्। यसका साथै उनले नेपाली कांग्रेसको बाल अधिकार उपसमितिको संयोजकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।























