देश/प्रदेश

भोजपुरमा कांग्रेसको आठ स्थानीय तहमा अधिवेशन सम्पन्न

Banner

भोजपुर, असोज ८-

नेपाली कांग्रेस भोजपुरका नौमध्ये आठ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । भोजपुर नगरपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवाका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट आठ वटा स्थानीय तहमा नयाँ सभापति चयन भएका छन् ।

अधिवेशनबाट षडानन्द नगरपालिकाको सभापतिमा पदम तामाङ, पौवादुङमा गाउँपालिकामा सन्तोष कोइराला, टेम्केमैयुङ गाउँपालिकामा हर्कराज राई, आमचोक गाउँपालिकामा निम्नुरी शेर्पा र अरुण गाउँपालिकाको सभापतिमा ज्ञानेन्द्र दाहाल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, साल्पासिलिछो गाउँपालिकाको सभापतिमा मनराज राई र रामप्रसादराई गाउँपालिकाको सभापतिमा घमचन्द्र दाहाल निर्वाचित हुनुभएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>