देश/प्रदेश

प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग

Banner

दमौली (तनहुँ),असोज ८ –

तनहुँ ख्रिष्टियन समाजले भोटेकोशी बाढी प्रभावितका लागि रु दुई लाख सहयोग प्रदान गरेको छ ।

समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम दाखिला गरेको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले राससलाई बताउनुभयो ।

समाजका अध्यक्ष कृष्णदेव श्रेष्ठले “बाढीपीडितको राहत र पुनःस्थापनाका लागि सरकारसँग हामी पनि छौँ भन्ने सन्देश दिन सहयोग गरेका हौँ”, भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तिवारीले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

यसैबीच, व्यास नगरपालिकाले भोटेकोशी बाढीपीडितको सहायतार्थ राहत कोष सञ्चालन स्थापना कोष स्थापना गरेको छ । कोषमा रु तीन लाख सङ्कलन भएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>