अर्थ

सुरक्षित वायरिङका लागि राठी ZHFR ब्राण्डको तारः जसमा आगो लाग्दै लाग्दैन

०
Banner

पवन पण्डित,

नेपालगन्ज,असोज ६-

राठी ग्रुपले आफ्नो ZHFR राठी तारको प्रवर्द्धन तथा सुरक्षित वायरिङसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनगढी र नेपालगञ्जमा इलेक्ट्रिसियन भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी इलेक्ट्रिसियनहरूसँग सुरक्षित वायरिङ, घर तथा भवनमा प्रयोग हुने विद्युतीय तारको छनोट र विद्युतीय सुरक्षाका विषयमा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा ‘राठी ZHFR तार– जसमा आगो लाग्दै लाग्दैन’ भन्ने अवधारणामार्फत उत्पादनका विशेषता र उपयोगिताबारे जानकारी गराइएको थियो।

राठी ग्रुपका अनुसार सुरक्षित वायरिङका लागि गुणस्तरीय तथा उपयुक्त तारको छनोट अत्यन्त महत्वपूर्ण हुन्छ। कार्यक्रममा राठी ZHFR तारले घरको सुरक्षा तथा वातावरण संरक्षणमा पुर्‍याउने योगदानका विषयमा समेत जानकारी दिइएको थियो।

धनगढीमा आयोजित कार्यक्रममा करिब २५० जना इलेक्ट्रिसियनको सहभागिता रहेको थियो। धनगढीको सिद्धार्थ प्यालेसमा भदौ २७ गते कार्यक्रम आयोजना गरिएको थियो। त्यस्तै, नेपालगञ्जमा पनि करिब २५० जना इलेक्ट्रिसियनको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। नेपालगञ्जको सुनाखरी रेस्टुरेन्टमा भदौ ३१ गते कार्यक्रम आयोजना गरिएको थियो।

दुवै कार्यक्रममा सम्बन्धित क्षेत्रका इलेक्ट्रिकल व्यवसायी तथा प्राविधिकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा धनगढी इलेक्ट्रिक एसोसिएसनका अध्यक्ष तथा नेपालगञ्ज इलेक्ट्रिक एसोसिएसनका अध्यक्षसमेत सहभागी भएका थिए। कार्यक्रममा सुरक्षित विद्युतीय संरचना निर्माणका लागि ‘सुरक्षित वायरिङः उत्तम तारको छनोट’ भन्ने सन्देश दिँदै राठी ZHFR तारका विशेषताबारे जानकारी गराइएको थियो।

राठी ग्रुपले विद्युतीय सुरक्षासँगै वातावरणमैत्री प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>