चितवन विशेष

१६ फिट अग्लो पोलबाट तानेको विद्युतीय तार टोकेको अवस्थामा हात्ती मृत फेला : निकुञ्ज

Banner

चितवन, असोज ३-

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा करेन्ट लागेर अन्दाजी ४५ वर्षको ‘रोनाल्डो’ नामक जंगली हात्ती मृत फेला परेको विषयमा चितवन राष्ट्रिय निकुञ्जकाे कार्यालय बाेलेकाे छ ।

शनिबार बिहान टिकौली मध्यवर्ती सामुदायिक वनको कार्यालय भवनबाट करिब ६०० मिटर दक्षिणतर्फ विसहजार तालतर्फ जाने खगेरी नहरको बाटोमा सो हात्ती मृत अवस्थामा भेटिएको थियाे ।

निकुञ्ज सुरक्षाार्थ खटिएको वरुणभार सुरक्षा पोस्टका लागि विद्युतीकरण गर्न लगिएको १६ फिट अग्लो पोलबाट तानेको विद्युतीय तार मुखले टोकेको अवस्थामा हात्ती मृत फेला परेको निकुञ्जले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

विगत लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्ज तथा खोरसोर वन क्षेत्र लगायतको मध्यवर्ती वन क्षेत्रमा विचरण गर्ने सो हात्तीको प्रारम्भिक स्थलगत जाँचबुझ् गर्दा विद्युतीय करेन्ट प्रवाहबाट मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटना पश्चात् चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र, सौराहाका पशु चिकित्सक तथा प्राविधिकबाट शव परीक्षण गरिएको थियो।

त्यसपछि हात्तीको दुईवटा दाँत सुरक्षित राखी रीतपूर्वक अन्त्यष्टि पश्चात् सोही स्थानमा खाडल खनेर गाडिएको सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरद्वारा जारी प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>