देश/प्रदेश

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी १५६ जनालाई ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

Banner

काठमाडौँ, असोज २–

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी १५६ जनालाई ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि इजरायल पठाउन सन् २०२४ मा लिइएको परीक्षामा सम्मिलितमध्ये छनोटमा नपरेका उनीहरुबाट दुई करोड ५० लाख ठगी गरेको आरोपमा रामेछापका भरत चौलागाईँ र दोलखाकी बालिका सिवाकोटी पक्राउ परेका हुन् ।

उनीहरुले इजरायल पठाइदिने भन्दै जनही रु छ लाख २० हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले जानकारी दिनुभयो ।

उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>