फोटो फिचर

भिरको काखमा बस्ती, जोखिममा दैनिकी (तस्बिरसहित)

Banner

हेमन्त केसी,

जाजरकोट, भदौ २५

भिरालो जमिनको काखमा टाँसिएका बस्ती, तल गहिरो खोला र माथि खस्न तयारजस्ता देखिने पहाड । यही भूगोलबीच जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ का बासिन्दाको दैनिकी चलिरहेको छ ।

भेरी करिडोर हुँदै डोल्पासम्म पुग्ने सडक यी बस्तीको जीवनरेखाजस्तै बनेको छ । तर करिडोरअन्तर्गतका खोलामा पुल नहुँदा सवारीसाधनले वर्षायाममा जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्था छ । पानीको बहाव बढ्दा सडक र खोला पार गर्ने बाटो नै अवरुद्ध हुने गरेको छ ।

जाजरकोटतर्फका औलगुत्ता र बाँइकाँडा तथा रुकुम पश्चिमतर्फका दामाचौर, मुलातरा लगायतका बस्ती भिरालो भूभागमा छन् । कतै पहाडको फेदीमा घर छन, कतै भीरमाथि बस्ती छन् । माथिबाट पहिरो खस्ने र तलबाट खोलाको जोखिम रहने भएकाले वर्षा सुरु भएसँगै यहाँका बासिन्दाको चिन्ता बढ्छ ।

भूगोल रुकुम पश्चिमको भए पनि कतिपय क्षेत्रमा जाजरकोटका मानिसहरूको समेत बसोबास छ । बस्नका लागि सुरक्षित जमिनको अभाव र पुरानो बसोबासका कारण जोखिमबीच पनि मानिसहरू यही भूगोलसँग जोडिएका छन् ।

एकातिर भिरालो जमिनमा रहेका घरहरू, अर्कोतिर पुलविहीन खोला र पहिरोको जोखिम—भेरी करिडोर आसपासका यी बस्तीमा विकासको आवश्यकता र भौगोलिक जोखिम सँगसँगै देखिन्छ । यहाँका बस्तीलाई हेर्दा प्रश्न एउटै उठ्छ—जोखिमबीच बसिरहेको यो जीवन कहिलेसम्म यसरी नै चलिरहन सक्ला ? न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>