देश/प्रदेश

बाढीपीडितका लागि अष्ट्रेलियाको भीआइटी कलेज मार्फत खनालले गरे २६ लाख सहयोग

Banner

अष्ट्रेलिया, भदौ २२–

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नेपालका तीन जिल्ला प्रभावित बन्न पुगे । हजारौं नागरिक बाढीमा परेर बेपत्ता छन् । एक हजार बढीको शव फेला परि सकेको छ । यस्तो विपत्तीको बेलामा नेपालमा देश भित्र र देश बाहिरबाट सहयोग आउने क्रम जारी छ ।

यसैक्रममा अष्ट्रेलियामा रहेको भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआइटी) कलेजले नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कलेजले नेपाली २६ लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपालप्रतिको गहिरो आत्मीयता र नेपाली जनताप्रतिको अटुट प्रतिबद्धताबाट प्रेरित भई, भिक्टोरियन इन्स्टिच्युट अफ टेक्नोलोजी (भीआइटी)का अन्तर्राष्ट्रिय निर्देशक बाबु खनालले विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको सहयोगार्थ (भीआइटी) मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. २६ लाख सहयोग प्रदान गर्नुभएको हो ।

राहत, उद्धार तथा पुर्नस्थापनाका लागि सरकारले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायमाझ आह्वान गरेको थियो । सोही अनुसार आफ्नो दायित्व निर्वाह गर्दै नेपाल सरकारलाई सहयोग गरिएको अन्तर्राष्ट्रिय निर्देशक खनालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>