चितवन विशेष
स्पाउस क्लब अफ आरसी चितवनद्वारा भाेटेकाेशी बाढीपीडितलाई ६० हजार सहयोग

चितवन, भदौ २२-
स्पाउस क्लब अफ आरसी चितवनले भाेटेकाेशी बाढीपीडितलाई ६० हजार रूपैयाँ सहयोग गरेकाे छ ।
१००औँ नियमित बैठक भरतपुर गार्डेन होटलमा सम्पन्न भएको छ। क्लबकी अध्यक्ष जानकी शर्माको अध्यक्षतामा सम्पन्न १००औँ नियमित बैठकका सहयाेग गरिएकाे बारे जानकारी गराइएकाे हाे ।
बैठकमा क्लबले विगतमा सञ्चालन गरेका परियोजनाहरूको समीक्षा गर्नुका साथै आगामी दिनमा सामाजिक सेवाका कार्यलाई अझ प्रभावकारी र गतिशील रूपमा विस्तार गर्ने निर्णय गरिएको छ। यसै ऐतिहासिक अवसरमा क्लबको स्थापना र विकासमा पुर्याएको योगदानको कदर गर्दै चार्टर प्रेसिडेन्ट योगिता पिया र पास्ट प्रेसिडेन्ट कविता चुकेलाई मायाको चिनो तथा प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबका सदस्यहरूले रोटरी क्लब अफ चितवनमार्फत भोटेकोशी बाढीपीडितका लागि करिब ६० हजार रूपैयाँ आर्थिक सहयोग जुटाएका छन्। सहयोग रकम सङ्कलनमा सुनिता कँडेल (७,७७७), रुपा सेढाई (५,५५५), जानकी शर्मा (५,०१५) लगायत १८ जना सदस्यहरूले योगदान पुर्याएका छन्। अध्यक्ष शर्माले मानवीय कार्यमा सहयोग गर्ने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरिन्।
यसैबीच क्लबले आज देवघाटस्थित रोटरी करुणालय वृद्धाश्रममा तीज विशेष कार्यक्रम आयोजना गर्दै छ। वृद्धाश्रमका ३५ जना आमाबुबा र बाह्य सहभागी गरी करिब १५० जनाको उपस्थिति रहने उक्त कार्यक्रमले सामाजिक सद्भाव र आत्मीयता बढाउने विश्वास लिइएको छ।























