अर्थ

एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

Banner

काठमाडौँ, भदौ १८-

एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो ।

बैंकका अनुसार यसअघि संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै गत असार ३० गते ३५ दिने सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि अब जोसुकै व्यक्ति तथा कम्पनीले उक्त सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको हो ।

सेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ ।

बैंकले संस्थापक समूहको उक्त सेयर बिक्रीका लागि निर्धारित प्रक्रिया पूरा गर्दै अब खुला रूपमा आवेदन आह्वान गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>