अर्थ

केल्मी नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा १५ लाख ५ हजार ५ सय ५५ सहयोग, डेढ करोड बराबरको ‘क्लोथ बैंक’ सञ्चालन गरिने

Banner

काठमाडौँ, भदौ १६-

खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले रसुवा बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रमको घोषणा गरेको छ ।
केल्मी नेपालले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु। १५ लाख ५ हजार ५ सय ५५ जम्मा गरिसकेको केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले जानकारी दिनुभयो ।

यसैगरी कम्पनीले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा करिब डेढ करोड रुपैयाँ बराबरका नयाँ कपडा समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन उहाँले बताउनुभयो । क्लोथ बैंकमार्फत उपलब्ध गराइने नयाँ कपडा रसुवा र नुवाकोटका विपद् प्रभावित नागरिकलाई पूर्ण रूपमा निःशुल्क वितरण गरिनेछ। राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गर्नुको सट्टा नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीका आधारमा वास्तविक पीडितसम्म सहयोग पुर्‍याउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

वास्तविक प्रभावित व्यक्ति तथा परिवारसम्म मात्रै राहत पुग्ने सुनिश्चित गर्न सरकारको आधिकारिक सूचीलाई आधार बनाइने बताइएको छ। केल्मी नेपालले विगतमा पनि विभिन्न प्राकृतिक विपत्ति तथा अप्ठ्यारो परिस्थितिमा सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा सहयोग गर्दै आएको थियो । यसपटक पनि विपद् बाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक दायित्वलाई प्राथमिकतामा राख्दै राहत तथा सहयोग कार्यक्रम अघि बढाइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>