चितवन विशेष
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जस्मिन पेन्ट्सले दियो २५ लाख
०

चितवन, भदौ १६–
चितवनमा रहेको जस्मिन पेन्ट्सले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
रसुवा बाढी पीडितका लागि पेन्ट्सले राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कोषमा उक्त रकम जम्मा गरेको हो ।
पेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक लक्ष्मण अर्याल र कार्यकारी अधिकृत सौगात अर्यालले अर्थ मन्त्रालयमा पुगेर उक्त रकम जम्मा गरेका हुन् । जस्मिन पेन्ट्सले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएको छ ।
सरकारले सहयोगका लागि सार्वजनिक आह्वान गरेपछि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा विभिन्न संघसंस्था र व्यक्तिहरूले बाढी पीडितको राहतका लागि सहयोग गरिरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























