अर्थ
सुनको मूल्य २ हजार ४ सय रुपैयाँ घट्यो
०

काठमाडौँ, भदौ १५-
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार चार सय रुपैयाँले घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























