चितवन विशेष

चितवनमा सनाखत भए छ वटा शव (नामसहित)

Banner

चितवन, भदाै १३-

भोटेकोशी बाढीले बगाएर ल्याएका र नारायणी नदीका विभिन्न स्थानमा फेला परेका २३३ मृतकहरूमध्ये ६ जनाको सनाखत भएको छ। आफन्त तथा परिवारका सदस्यहरूले उपस्थित भई शवको पहिचान गरेका हुन्।

सनाखत हुनेहरूमा नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का ४३ वर्षीय रामकाजी पौडेल (दाजु श्यामकाजी पौडेलद्वारा पहिचान), बाँकेको कोहलपुर–११ का २३ वर्षीय कविरलाल थारु (दाजुद्वारा पहिचान) र हेटौँडा–१५ का ४० वर्षीय रमेश मगर (भिनाजु विश्वजित थापा मगरद्वारा पहिचान) रहेका छन्।

त्यस्तै, रसुवाको उत्तरगङ्गाका भुवन थापामगर (दाजु मदन थापामगरद्वारा पहिचान), बाँकेको कोहलपुर–११ का २८ वर्षीय रमेश थारु (बुबा विश्राम थारुद्वारा पहिचान) र नुवाकोटका ४१ वर्षीय अर्जुन बलामी (दाजु टेकबहादुर बलामीद्वारा पहिचान) को पनि सनाखत भएको छ।

सनाखत भएका सबै मृतकका परिवार तथा आफन्तहरूसँग सम्पर्क भइसकेको र कानूनी प्रक्रिया पूरा गरी शव हस्तान्तरणको तयारी भइरहेको प्रहरीले जनाएको छ। सनाखत हुन नसकेका शवलाई आज बेलुकीसम्म जमिनमुनि पुरेर व्यवस्थापन गरिँदै छ । शवबाट दुर्गन्ध फैलिन थालेपछि महामारी फैलिने जोखिमको मध्यनजर गरी शवलाई डिएनए नमुना लिएर जमिनमुनि गाड्न लागिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>