चितवन विशेष

लु लु लेडिज ब्यूटी पार्लरको तीज विशेष सम्मान

Banner

चितवन, भदौ ६-
भरतपुरको क्यान्सर गेटस्थित लु लु लेडिज ब्यूटी पार्लरले तीजको अवसरमा सम्मान तथा दर खाने कार्यक्रम गरेको छ।
कार्यक्रममा पार्लरका पुराना तथा नयाँ कर्मचारीसँगै विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका व्यक्तिहरूलाई सम्मान गरिएको हो।
लु लु लेडिज ब्यूटी पार्लरकी सञ्चालिका कल्पना गुरुङ र जोनी लामाले सम्मानित व्यक्तिहरूलाई मायाको चिनो हस्तान्तरण गरेका थिए। कार्यक्रममा कर्मचारी, सहयोगी तथा शुभेच्छुकहरूबीच आपसी सद्भाव र आत्मीयता बढाउने उद्देश्यले दर खाने कार्यक्रमसमेत आयोजना गरिएको थियो।
लु लु लेडिज ब्यूटी पार्लरले चितवनमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। क्यान्सर रोड, शहीदचोक, धर्मचोक, पर्सालगायत चितवनका विभिन्न ७ स्थानमा लु लुका शाखाहरू सञ्चालनमा रहेका छन्।
कार्यक्रमको सञ्चालन अशोक परियारले गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>