देश/प्रदेश

आज मिति २०८३ साल साउन ३० गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

Banner

चितवन, साउन ३०

वि.सं.२०८३ साल साउन ३० गते शनिबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः

मेषः

आज महत्त्वपूर्ण कामलाई स्थगित नगर्नु होला । सन्तान तथा आफन्तसँग मनमुटाव बढ्नेछ । कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो पक्ष हुनेछ । बेलुकी पखको शुभ समाचारले मन प्रफुल्ल रहला ।

वृषः

प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् । समयमा काम सकाउन मुस्किल पर्नेछ । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुनेछ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका द्वार बन्द हुन सक्नेछन् भनी सचेत भई कार्य गर्नु राम्रो पक्ष हुनेछ ।

मिथुनः

आज समय शुभ रहेको छ । नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ । जोस जाँगर बढेर जानेछ । नियमित आय आर्जन हुने काममा समय लगानी गरेर मनग्य आम्दानि गर्न सकिनेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । बेलुकी पख भने खटपटको सम्भावना रहेको छ ।

कर्कटः

आज ठूला आशा र महत्त्वकाङ्क्षा त्यागी अघि बढ्नुपर्ने दिन रहेको छ । गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्नुपर्ने समय देखिन्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ । बेलुकी पखको शुभ समाचारले मन प्रशन्न रहनेछ ।

सिंहः

आजको समय शुभ रहेको छ । पढाई लेखाईमा प्रगति हुनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा आउनेछ । सानासाना कामबाट प्रशस्त आम्दानी हुनेछन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । बेलुखीपख खटपटको सम्भावना देखिन्छ, सचेत रहनु राम्रो पक्ष हुनेछ ।

कन्याः

आज लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । वैदेशिक कार्य गर्दा सफल भइनेछ । सहकर्मीबाट भने असहयोग हुनेछ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बेलुकीपख प्रेम जीवनमा खुसियाली छाउनेछ ।

तुलाः

आज समयमै काम बन्नेछ । अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । रमणीय र सुखद यात्राको योग छ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ । कृषि क्षेत्रबाट सन्तुष्टि मिल्नेछ । सांझपख अनावश्यक वादविवादमा परिएला, सचत रहनु होला ।

वृश्चिकः

आज शुभकार्यको चर्चा चल्नेछ । प्रविधिमार्फत दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वाहन तथा भूमिबाट लाभ रहला । न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ । कुनै कुराले अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

धनुः

समय मध्यम रहेको छ । प्रशासनिक निकायको भय रहनेछ । सोचविचार गरेर निर्णय लिनुपर्ने देखिन्छ । धार्मिक कार्यमा सहभागी भइएला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

मकरः

अनावश्यक दुख पाईनेछ । लेनदेनमा विवाद आउन सक्नेछ । धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्नेछ । काममा बिघ्नबाधा आउन सक्ने भएतापनि धैर्यताले सफलता दिनेछ ।

कुम्भः

विशेष कामबाट राम्रो आम्दानी हुनेछ । आफ्नो श्रमको मूल्य प्राप्त हुनेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । नयाँ कामको सुरुवात हुनेछ । कला र गलाको प्रभाव बढ्दै जानेछ । साँझमा भने झन्झटिलो काममा फसिएला ।

मीनः

आजको दिन शुभ रहेको छ । पढाई लेखार्ईमा सफलता हात लाग्नेछ । गुम्न लागेको धन प्राप्त हुनेछ । योजना अनुसार अगाडि बढेमा सोचेको राम्रो काम बन्नेछ । नयाँ काममा हात हाल्ने समय आएको संकेत देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>