देश/प्रदेश

रोल्पा पहिरोः हराएकाको खोजी जारी

Banner

रोल्पा, साउन २९-

जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा बिहिबार राति खसेको पहिरोमा परी हराएकाको खोजी जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहिबार खसेको पहिरोमा परी मङरारुका ६४ वर्षीय लामी घर्ति अझै बेपत्ता हुनुहुन्छ ।

सोही वडाको फलबाङ्गमा खसेको पहिरोले पुरेर ३ जनाको मृत्यु भएको थियो । उनीहरूको शव बिहीबार नै घटनास्थलबाट निकालिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>