Breaking News
सुनकोशी दुर्घटनामा पूर्व वडाध्यक्ष लामासहित तीनजना बेपत्ता

काभ्रेपलाञ्चोक, साउन १८-
सिन्धुली सडक दुर्घटनामा सुनकोशी नदीमा बेपत्ता हुनेमा सिन्धुपाल्चोक जुगल–७ का पूर्व वडाध्यक्ष एवं ठेकेदार दिलकुमार लामासहित तीनजना रहेको खुलेको छ ।
सिन्धुलीमा यात्रुवाहक बसले सडक किनारमा रोकि राखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको थियो ।
प्रहरीका अनुसार फिक्कल गाउँपालिका–२ स्थित नवलपुरमा सोमबार बिहान करिब १०ः३० बजे सडक किनारमा रोकि राखिएको कारलाई यात्रुवाहक बसले ठक्कर दिएपछि उक्त दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त कार मध्यपहाडी लोकमार्ग निर्माण आयोजनामा कार्यरत ठेकेदार दिलकुमार लामाको रहेको खुलेको छ ।
कारमा ठेकेदार जुगल गाउँपालिका–७ का लामा, एक्स्काभेटर चालक गोलञ्जोर गाउँपालिका– १, डुड्भञ्ज्याङका गणेश थापा र नाम वतन नखुलेका एकजना हेल्पर बेपत्ता छन् ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन टोली उद्धारमा खटिएको छ ।



























