Breaking News
नेपालमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
०

काठमाडौँ, साउन १८-
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको हो ।
निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल\मट्टितेल ५ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले बढाएको हो । यसैगरी ,अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढेको छ ।
इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ ६ पैसा बढेर आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























