Breaking News
देवानगञ्जमा सुरक्षा व्यवस्था कडा, सेनाको हवाई गस्ती जारी , प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत्
०

सुनसरी, साउन १३ –
सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ। बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन्।
प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् रहेको छ। यसैबीच, घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको छ। सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
































