देश/प्रदेश
नेप्सेको सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान
०

काठमाडौं ,साउन १२-
अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
मन्त्रालयद्वारा गठित सिफारिस समितिले आज मंगलबार सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूबाट १५ दिनभित्र आवेदन माग गरेको हो ।
सूचनाअनुसार इच्छुक उम्मेदवारले आगामी साउन २६ गतेसम्म कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आफ्नो आवेदन दर्ता गराउन सक्नेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























