देश/प्रदेश
पहिरामा परी एकाघरका दुई जनाको मृत्यु
०

गण्डकी, साउन १२ –
पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ ।
आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय, भोर्लेटारका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।
घरमाथि रहेको नगरकुलो भत्केपछि पहिरो खसी धन्सारसहितको दुईतले कच्ची घरमा क्षति पुयाएको उहाँको भनाइ छ । घटनामा विककी श्रीमती सुकमाया र जेठी छोरी अस्मिता घाइते भएको र उहाँहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























