देश/प्रदेश
खानेपानी उपभोक्ताको माग सम्बोधन गर्ने पूर्वाधार मन्त्रीको आश्वासन
०

काठमाडौँ, साउन ११ –
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन गरिरहेका सिमधारा दहचोक–४ खानेपानी उपभोक्ता समितिको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।
सोमबार सुरुङ मार्गको उद्घाटन गर्न पुगेका उनले प्रभावितलाई भेटेर माग सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।
प्रभावितले खानेपानी आयोजना सञ्चालनको ग्यारेन्टी गर्नुपर्ने, चर्किएका घरको उचित सम्बोधन गर्न, सिस्नेखोला पानी लिफ्टिङ खानेपानीको ग्यारेन्टी गर्न, सुरुङ मार्गमा स्थानीयलाई सहज आवतजावतको व्यवस्था गर्न, रोजगारी र स्थानीयको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।
मन्त्री लम्सालले स्थानीयलाई भेट्दै आफू माग सम्बोधन गर्न सकारात्मक रहेको बताए । उनले प्रभावितहरुलाई छलफलका लागि दिउँसो २ बजे मन्त्रालयमा उपस्थित हुन आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>





























