देश/प्रदेश

प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता

Banner

काठमाडौँ, साउन ११ –

चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्कनुभएको छ । उहाँ भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधान न्यायाधीश डा शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो । प्रधान न्यायाधीश डा शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारी समेत लिनुभएको थियो ।

उक्त भ्रमण दलमा प्रधान न्यायाधीश डा शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेती सहभागी हुनुहुन्थ्यो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>