देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही

Banner

काठमाडौं,साउन ११-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३११ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने २३, राइड सेयरिङमा ६५, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १६२, हर्न निषेधमा ५३, लेन क्रसमा १६, अवस्था ठिक नभएको ४४, एकतर्फीमा ३७ र अन्यमा ८२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>