देश/प्रदेश
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन

दाङ, साउन ११ –
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ । उहाँको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ, एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले जानकारी दिनुभयो ।
असी वर्षीय बस्नेत लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । दाङको कम्युनिष्ट आन्दोलनका धरोहरका रूपमा परिचित बस्नेत पार्टीका विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँको निधनले दाङको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको आचार्यले बताउनुभयो ।
नेता बस्नेतको शव अहिले श्रद्धाजलीका लागि तुलसीपुरस्थित एमालेको पार्टी कार्यालयमा राखिएको एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले जानकारी दिनुभयो । उहाँको आज नै शीत्तलपुरस्थित बबई नदीको घाटमा अन्त्यष्टि गरिने बताएको छ ।रासस
























