देश/प्रदेश
सिंहदरबार पुग्न पाएन लघुवित्त पीडितको ‘राजधानी मार्च’
०

काठमाडौँ, साउन १०-
सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा रोकिएको छ ।
सुरक्षा निकायले अगाडि बढ्न नदिएपछि शान्तिबाटिकामा रोकिएका हुन् । बल्खुबाट हिँडेर आएका प्रदर्शनकारी शान्तिबाटिकामा सडकमै बसे । उनीहरुले त्यहीँ कोणसभा गरे ।
लघुवित्त तथा वित्तिय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट मार्च सुरु भएको थियो ।
उनीहरुले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण, चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना, विविध शुल्क, जग्गा धितो लिलामी, कालोसूची तथा अन्यायपूर्ण ऋण असुलीविरुद्ध न्यायिक निरुपण गर्न सरकारसँग माग गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























