देश/प्रदेश
रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो
०

दाङ, साउन १० –
रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । शनिबार दिउँसो सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमार्गमा गाई बाख्रा चराउन गएको बेला पहिरोमा पुरिएर बेपत्ता भएका सुनछहरी गाउँपालिका–१ का ५१ वर्षीया असौजी घर्तीमगर र ३६ वर्षीया अमरा घर्तीमगरको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । उहाँहरुको शव परीक्षणका लागि रोल्पा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही पहिरोमा परी घाइते हुनुभएका ६० वर्षीय कुले घर्तीमगरको स्थानीय सेरम स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उहाँको शरीरका विभिन्न भागमा चोट लागेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



















