देश/प्रदेश

वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै

Banner

भद्रपुर (झापा), साउन ८ –

वैदेशिक रोजगारीका क्रममा भएका ठगी, घरेलु हिंसा, श्रम स्वीकृतिसम्बन्धी समस्या तथा उद्धारका गुनासा लिएर बिर्तामोड नगरपालिकामा आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ ।

बिर्तामोड नगरपालिकाका रोजगार संयोजक होमनाथ भट्टराईका अनुसार वैदेशिक रोजगारीमा गएका महिलाले विशेषगरी कुवेतलगायत मुलुकमा घरेलु हिंसामा परेको, एजेन्टबाट ठगिएको तथा प्रवेशाज्ञाको वैधानिकताबारे जानकारी लिन नगरपालिकामा आउने गरेका छन् ।

“विसं २०८० यता करिब दुई हजारभन्दा बढीले वैदेशिक रोजगारीसम्बन्धी परामर्श लिएका छन्”, भट्टराईले भन्नुभयो, “वार्षिक चार सयदेखि पाँच सय जना श्रम स्वीकृतिको सहजीकरणका लागि रोजगार सेवा केन्द्रमा आउने गरेका छन् ।”

उहाँका अनुसार पछिल्लो समय भिजिट भिसामा विदेश गएर काम गर्ने र सामाजिक सञ्जालमा देखिएका आकर्षक विज्ञापनको भरमा प्रक्रिया अघि बढाउने प्रवृत्ति बढेकाले ठगीका घटना पनि बढिरहेका छन् । विशेषगरी युरोप पठाइदिने भन्दै गरिने भ्रामक प्रचारका कारण धेरै युवा आर्थिक तथा कानुनी समस्यामा पर्ने गरेका छन् ।

“श्रम स्वीकृति लिएरमात्रै विदेश जानुपर्छ”, उहाँले भन्नुभयो, “श्रम स्वीकृतिबिना विदेश जाँदा कानुनी समस्या आउनुका साथै बिमा, सामाजिक सुरक्षा र वैदेशिक रोजगार कल्याणकारी कोषबाट पाइने सुविधा पनि प्राप्त हुँदैन ।”

भट्टराईका अनुसार नगरपालिकाको रोजगार सेवा केन्द्रले श्रम स्वीकृतिको आवेदन, आवश्यक कागजात तयारी र अनलाइन प्रक्रियामा सहजीकरण गर्दै आएको छ । साथै, वैदेशिक रोजगारीमा रहेका श्रमिक बिरामी पर्दा आवश्यक समन्वय गर्ने तथा श्रमिकका एकाघरका परिवारमा घातक रोग लागेमा वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने आर्थिक सहायता प्राप्त गर्न सहजीकरण गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>