देश/प्रदेश
मानसेवा आश्रमलाई सहयोग हस्तान्तरण
०

बागमती, साउन ७-
नारायणी यातायात व्यवसायी सङ्घले हेटौँडास्थित मानवसेवा आश्रमलाई रु ५१ हजार सहयोग हस्तान्तरण गरेको छ ।
नारायणी यातायत व्यवसायी सङ्घका नवनिर्वाचित कार्यसमितिले आश्रमलाई आज उक्त रकम हस्तान्तरण गरेको हो । सङ्घले वर्षिकरुपमा नै आश्रममा आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।
यसैबीच, अध्यक्ष सरोज खनाल नेतृत्वको सङ्घको नवनिर्वाचित कार्यसमितिले आश्रममा रहेका २८० आमाबुबा तथा बाबुनानीलाई भोजन गराएको मानवसेवा आश्रम मकवानपुर जिल्ला संयोजक इशा थापाले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























