देश/प्रदेश

६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता

Banner

सर्लाही, साउन ७-

सर्लाहीको गोडैता नगरपालिका – १२, मधुवनी निवासी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् ।

गोडैता नगरपालिका – १२, मधुवनीका वडाध्यक्ष केशव कुमारको बिगत ६ महिनादेखिको निरन्तर प्रयासपछि जनारसीले मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता पाएकी हुन् ।

जनारसी देवीले नागरिकता नहुँदा दैनिक जीवनका विभिन्न प्रशासनिक कामकाजमा कठिनाइ भोग्दै आएकी थिइन् । कानुनी पहिचानको अभावमा राज्यबाट उपलब्ध हुने विभिन्न सेवा तथा सुविधामा पहुँच स्थापित गर्नसमेत समस्या हुँदै आएको थियो ।

जनारसीका श्रीमानको यसघि नै निधन भईसकेको छ भने उनका दुई छोरा र एक छोरि रहेका छन् ।

वडाध्यक्ष केशव कुमारका अनुसार जनारसीको नागरिकता प्राप्तिका लागि आवश्यक कागजात संकलन, सम्बन्धित निकायसँग समन्वय तथा कानुनी प्रक्रिया पूरा गर्न करिब छ महिनासम्म निरन्तर पहल गरिएको थियो ।

सोही प्रयासपछि उनले अन्ततः नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन्। वडाध्यक्ष केशव कुमारले आफ्नो कार्यकालमा वडाभित्र नागरिकताविहीन नागरिक नरहून् भन्ने लक्ष्य पूरा भएको दाबी गरेका छन् ।

वडाध्यक्ष कुमारले सरकारी प्रक्रिया र कानुनी प्रावधानबारे जानकारीको अभाव तथा आवश्यक प्रक्रिया पूरा गर्न कठिनाइ भोगिरहेका वडावासीलाई आफूले प्रत्यक्ष रूपमा सहजीकरण गर्दै सम्बन्धित निकायसम्म पुर्याई नागरिकता प्राप्तिको सम्पूर्ण प्रक्रिया पूरा गराउँदै आएको बताए ।

यस्तै, सर्लाहीको पश्चिमी क्षेत्रअन्तर्गत धनकौल, रामनगर, बलरा लगायतका स्थानीय तहका बासिन्दाहरु अझै पनि उमेर ढल्किसकेका केही नागरिक नागरिकताविहीन रहेको पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>