देश/प्रदेश

 जिल्ला प्रशासन कार्यालय सिरहाद्धारा सार्वजनिक बिदाका दिन राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा निरन्तर

Banner

जनकपुरधाम, साउन ७-

जिल्ला प्रशासन कार्यालय  सिरहाले सार्वजनिक बिदा ९शनिबार र आइतबार०पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा जारी राख्ने भएको छ ।

कार्यालयले सूचना जारी गरी सेवाग्राहीको सङ्ख्या बढ्दै गएको जनाउँदै आगामी साउन ७ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि सार्वजनिक बिदाको दिन शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ ।

राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीको सङ्ख्या दैनिक बढ्दै गएको सन्दर्भमा सार्वजनिक बिदाका दिन बिहान १०ः०० बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>