देश/प्रदेश
मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
०

जनकपुरधाम, साउन ७ –
कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा निर्धारिते ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु गरेको छ ।
धान रोपाइँको समयमा रसायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानलाई लक्षित गरेर स्थानीय तहको सिफारिसको आधारमा बफर कोटाको युरिया र डिएपी रसायनिक मलको वितरण सुरु गरेको हो ।
मधेस प्रदेश सरकारको गत असार ३१ गतेको निर्णयबमोजिम स्थानीय तहगत रुपमा निर्धारण गरिएको बफर कोटाअनुसार युरिया र डिएपी मल बिक्री वितरण सुरु गरिएको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका सूचना अधिकारी बेचन साहले जानकारी दिनुभयो ।
उहाँका अनुसार मलको वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको डिएपी मलको अभाव विस्तारै हट्दै गएको छ । साउनको दोश्रो सातासम्म थप युरिया र डिएपी मल आउने भएकाले मलको अभाव पूर्ण रुपमा हट्ने उहाँको भनाइ छ ।
यसैबीच कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले पछिल्लो एक वर्षको अवधिमा १८ हजार ७४५ दशमलव एक मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ ।
कार्यालयका सूचना अधिकारी साहका अनुसार सो कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा युरिया ११ हजार २४१ दशमलव ३५० मेट्रिक टन, डिएपी छ हजार ९६३ दशमलव ३०० मेट्रिक टन, पोटास ३७९ दशमलव ५५० मेट्रिक टन र कृषि चुन १६० दशमलव ९०० मेट्रिक टन रसायनिक मल किसानलाई वितरण गरेको छ ।
सो कार्यालयलाई आव २०८२/८३ मा युरिया १० हजार ६१८ दशमलव ५०० मेट्रिक टन, डिएपी सात हजार २८९ मेट्रिक टन, पोटास ४६३ मेट्रिक र कृषि चुन २३५ मेट्रिक टन रसायनिक मल प्राप्त भएको सूचना अधिकारी साहले बताउनुभयो । यसबाट अधिकांश प्राप्त मल किसानसम्म पुगिसकेको देखिएको छ ।
धान रोपाइँको मुख्य सिजनमा समेत कार्यालयले आवश्यकताअनुसार मल वितरण गर्दै मौज्दात व्यवस्थापनलाई प्रभावकारी बनाएको कार्यालय प्रमुख ध्रुव चौधरीले बताउनुभयो ।
धान रोपाइँको यामलाई लक्षित गरी मलको नियमित आपूर्ति, मौज्दात व्यवस्थापन र वितरण प्रक्रियालाई व्यवस्थित बनाइएको प्रमुख चौधरीको भनाइ छ । किसानको मागअनुसार थप मल उपलब्ध गराउन आवश्यक समन्वय समेत भइरहेको र यस वर्षको थप मल केही दिनभित्रै मल आइपुग्ने प्रमुख चौधरीको भनाइ छ । रासस
जेनजी प्रदर्शनका क्रममा आगलागीबाट क्षति भएको भरतपुरस्थित भूमि प्रशासन कार्यालय (मालपोत) परिसरभित्र सेवाग्राहीका लागि खानेपानीको व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आग्रहमा गैरआवासीय नेपाली सङ्घका निवर्तमान अध्यक्ष आरके शर्माले सो कार्यालय परिसरभित्र खानेपानी सहित शौचालयको पुनर्निर्माण पनि सहयोग गर्नुभएको थियो ।
कार्यालय प्रमुख निरबहादुर दाहालले ती संरचनाबाट सेवाग्राहीलाई थप सहज हुने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले जेनजी आन्दोलनपछि सरकारी कार्यालयलाई दाताको सहयोग मागेरै पूर्वाधार निर्माण गरिरहेको जानकारी दिनुभयो । सङ्घका निर्वतमान अध्यक्ष शर्माले कार्यालय आउने सेवाग्राहीलाई खानेपानीको समस्या नहोस् भन्ने मनसायले संरचना निर्माणमा सहयोग गरेको बताउनुभयो । जेनजी प्रदर्शनमा जिल्लामा क्षति भएका केही संरचनाको पुनर्निर्माण जारी छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


















