देश/प्रदेश
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य
०
काठमाडौँ, साउन ५-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबीच आज काठमाडौँमा क्षमता विकास, विद्यार्थी संलग्नता, विज्ञसूची, प्रतिष्ठानको अध्ययनहरूका लागि क्षेत्रीय आउटपोस्टको अवधारणालगायतका विषयमा छलफल भएको छ ।
छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराई तथा वरिष्ठ अनुसन्धानकर्ता, डा दीपककुमार खड्का, डा मोहनकुमार शर्मा, डा खगनाथ अधिकारी, डा हरि शर्मा न्यौपाने, र डा कल्पना खनाल तथा मध्यपश्चिम विश्वविद्यालयका अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा यदुप्रसाद ज्ञवाली र फ्याकल्टी मेम्बर एवं पीएचडी स्कलर लोकबहादुर ओली सहभागी हुनुहुनथ्यो ।
प्रतिष्ठान र विश्वविद्यालयबीच गत माघ २६ गते आपसी सहयोग र सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । फोटो पनि छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























