देश/प्रदेश
ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो
०

ललितपुर, साउन ५ –
ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, महालक्ष्मीस्थानमा सोमबार सडक भासिँदा ठूलो दुर्घटना टरेको छ ।
सडक भासिएपछि त्यसको छेउमा रहेको फर्निचर, क्याफे, किराना पसलसमेत जोखिममा परेको छ । सडकसँग जोडिएको भित्ता बलियो नभएकाले सडक भासिँदा भित्ता र माटो फर्निचरतर्फ खसेको थियो ।
सडक भासिँदा फर्निचरभित्र ६ जना थिए । बाहिरबाट ठूलो आवाज आएपछि उनीहरु भागेर निस्किएका थिए ।
फर्निचरमा गाडिएका चार वटा फलामका संरचनाले भासिएको भित्ता र माटोलाई थामेर राखेपछि ठूलो क्षति हुनबाट जोगिएको फर्निचर संचालकले बताएका छन् ।
तीमध्ये केही फलाम बाङ्गिएका छन्, जसले सडक भासिँदा परेको दबाबको अवस्था स्पष्ट देखाउँछ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>





































