Breaking News

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

Banner

चितवन, २९ असारः

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ ।

सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवनगमन दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

लगातार भइरहेको वर्षाका कारण सो सडक खण्डमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका लागि अधिकारीहरूले केही समयअघि देखि नै सवारी साधनहरूको आवागमन रोकेका थिए।

जोखिम टार्न सवारी साधनहरू सुरक्षित स्थानमा रोकेर राखिएकै अवस्थामा तुइन खोला नजिकै पहिरो खसेर सडक ठप्प भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>