अर्थ
साताको पहिलो दिन सुनको मूल्य बढ्दा चाँदीको घट्यो
०

काठमाडौं, असार २८-
नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ६०० रुपैयाँ बढेर दुई लाख ८८ हजार रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>




























