चितवन विशेष

चितवनमा वतावरण संरक्षण गर्न विद्यार्थीलाई ८ सय बिरुवा वितरण

Banner

चितवन, असार २७–

विद्यार्थीलाई भविष्यमा कस्तो बनाउने ? त्यसको बाटो देखाउने काम विद्यालयस्तरबाटै हुन्छ । विद्यार्थीलाई वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाई र सामाजिकताका बारेमा शिक्षा दिन भरतपुर शान्तिपुरस्थित नेपाल पुलिस स्कुलले अहिले विद्यालयबाटै व्यवहारिक शिक्षा दिन थालेको छ । वातावरण संरक्षण प्रति विशेष ज्ञान र शिक्षा दिन विद्यालयले ‘एक विद्यार्थी, एक बिरुवा’ अभियानको शुरुवात गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक कमल थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक तथा कर्मचारीहरुले विद्यार्थीहरुलाई विभिन्न प्रजातिका फलफूल तथा फूलका बिरुवा वितरण गरेका हुन् । विद्यालयले हरेक विद्यार्थीसंगै शिक्षक र कर्मचारीलाई पनि विभिन्न जातका बिरुवा उपलब्ध गराएको छ । त्यो बिरुवा सबैले आ–आफ्नो घरमा रोप्ने र त्यसको निगरानी स्वंम विद्यार्थीसहित शिक्षकहरुले पनि गर्नेछन् । ‘विद्यार्थीले वृक्षरोपण गरेपछि वर्षैभरि विद्यालयले त्यसको फलो गर्छ, कसरी हुर्काई रहेको छ, निगरानी गर्छ’ विद्यालयका समादेशक रोशन थापाले भने–‘ शिक्षकहरुले नियमित बुझ्ने र विद्यार्थीलाई सिकाउने काम पनि गर्नुहुन्छ ।’

विद्यालयले ७ सय विद्यार्थी र एक सय शिक्षक तथा कर्मचारीका लागि ८ सय बिरुवा वितरण गरेको हो । चितवन राष्ट्रिय निकुञ्ज निजिकै रहेको यस विद्यालयले वातावरण संरक्षण, वन्यजन्तुको सुरक्षाका साथै स्थानीय पर्यटन सम्बन्धी विभिन्न तवरले विद्यार्थीहरुलाई सचेतना जगाउँदै आइरहेको छ । यो शैक्षिक सत्रमा विद्यार्थीहरुलाई हरित गाउँ, हरित शहर र हरियाली नेपाल बनाउन प्रेरणा दिनकै लागि वृक्षरोपणलाई अभियानकै रुपमा अघि बढाइएको विद्यालयका समादेशक थापाले बताए ।

यस विद्यालयमा कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीले एक दिन अनिवार्य सामाजिक सेवा गर्नुपर्छ । विद्यालय शिक्षामै आत्मरक्षा सम्बन्धी तालिम, खेलकुद अन्तर्गतका विभिन्न विधामा नियमित प्रशिक्षणलगाएतका शैक्षिक एवंम व्यवहारीक ज्ञान सिप प्रदान गर्दै आइरहेको छ । कक्षा १ देखि १० सम्म अध्यापन हुँदै आइरहेको यस विद्यालयमा ७ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>