खेलकुद
फिफा विश्वकप : चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश
०

काठमाडौँ, असार ११-
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा जित निकाल्दै मेक्सिको नकआउट चरणमा प्रवेश गरेको छ ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा मेक्सिकोले चेक गणतन्त्रलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
जितका लागि मेक्सिकोका मातेओ चाभेजले खेलको ५५औं मिनेटमा गोल गरे । ६१औं मिनेटमा जुलियन किन्योनेसले गोल गरे ।
निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा अल्भारो फिडाल्गोले गोल गर्दै मेक्सिकोको जित सुनिश्चित गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























